आइएलओले एनआरएनए लाई थप ५ करोड रुपैयाँ अनुदान दिने - दर्पण संसार

आइएलओले एनआरएनए लाई थप ५ करोड रुपैयाँ अनुदान दिने

काठमाडौं । संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई थप ५ करोड रुपैयाँ अनुदान दिने भएको छ ।

यसअघि आइएलओले संघलाई ५ करोड रुपैयाँ सहयोग दिएको थियो । अन्तरराष्ट्रिय श्रम संगठनले बैदेशिक रोजगारीमा गएर समस्यामा परेका श्रमिकहरुको सहयोगका लागि सो रकम प्रदान गरेको संघका उपाध्यक्ष डा. बद्री केसीले जनाए ।

उपाध्यक्ष डा केसीका अनुसार आइएलओ र गैरआवासीय नेपाली संघबीच यसै साता सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

नेपाली श्रमिकहरुको मानवीय अधिकार र सहयोगका लागि कोभिड १९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अरब गरी चार देशका नेपाली श्रमिकहरुको सहयोगार्थ दिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्