जिपी फाउन्डेसनका छिरिङ राप्के लामा अमेरिकामा सम्मानित - दर्पण संसार

जिपी फाउन्डेसनका छिरिङ राप्के लामा अमेरिकामा सम्मानित

न्युयोर्क । कोरोना महामारीमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै स्याङजा समाजले जिपी कोइराला फाउण्डेशन अमेरिकाका केन्द्रीय सदस्य साथै समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामालाई स्याङ्जा समाज अमेरिकाले सम्मान गरेको छ।

सन् २०२० मार्च महिनाको सुरु भएलगत्तै न्यूयोर्कमा कोरोना महामारीमा सक्रिय भूमिका निर्वाह गरेका लामालाई एक समारोहबीच सम्मान गरिएको हो ।

कोरोना महामारीको केन्द्रबिन्दुमा मानिसको ज्यान कसरी बचाउने भन्ने बेला मास्क, टाईनेनोल, पन्जा, स्यानीटाईजर र आफ्नै पैसा खर्चेर ग्रोसरी समेत किन्दै कोरोना महामारीबाट प्रभावित नेपाली समुदायको घर घरमा पुर्याएका लामा सक्रिय समाजसेवी हुन ।

स्याङ्जा समाज अमेरिकाको प्रथम साधारण सभा सेप्टेम्बर २८, २०२० मा सम्पन्न भएको थियो र उक्त अवसरमा लामालाई सम्मान गरिएको हो।

अमेरिकाको विभिन्न राज्यमा बसोवास गर्ने स्याग्जालीको सहभागिता रहेको कार्यक्रममा समाजका सभापति विरेन्द्रजंङ केसी, समाजका संरक्षक एव् समाजसेवी श्यामकाजी गुरूङ, समाजका सदस्य दिनेश भन्डारी, भान्सा घर रेस्टुरेन्टकी प्रोपाइटर बिमला हमाल ठकुरी लगायतका वक्ताले छिरिङ राप्के लामाले समाजप्रति समर्पित भएर सेवा गरेको चर्चा गरे ।

सम्मानित लामाले प्रवासमा रहेका नेपालीलाई पुर्‍याएको योगदानबारे चर्चा गदैं प्रवासमा सबै नेपालीहरुमा एकतासँगै सही मुल्याकंनको खाँचो रहेको औल्याए ।

स्याङ्जा समाज अमेरिकाले नेपालमा बाढी पीडित, भूकम्प पीडितलाई सहयोग गर्दै आएको छ। फोटोः दिवाकर बांगचन्द

प्रतिक्रिया दिनुहोस्