जर्मनीको कोलोनमा ‘माउण्टेन वल्ड’ महोत्सव - दर्पण संसार

जर्मनीको कोलोनमा ‘माउण्टेन वल्ड’ महोत्सव

काठमाडौं । नेपालको पर्यटकीय सम्पदाहरुको प्रचारप्रसार गरी विदेशी पर्यटक भित्र्याउन जर्मनीको कोलोन शहरमा ‘माउण्टेन वल्ड’ महोत्सवको आयोजना गरियो ।

अन्तराष्ट्रिय कला र संस्कृति सङ्ग्रहालयको विशेष दिवसको अवसरमा आयोजनामा गरिएको सो महोत्सवमा नेपाललगायत विभिन्न देशका पर्यटकीय गन्तव्य, कला र संस्कृति, हिमाली जीवनशैलीका साथै नेपालका विभिन्न हिमालहरु र पर्वतारोहणका लागि विभिन्न पदमार्गको बारेमा जानकारी दिने कक्षहरु राखिएको थियो ।

कोलोनस्थित महावाणिज्य दूतावास र जर्मन–नेपाल मैत्री सङ्घको समन्वयमा आयोजनामा भएको महोत्सवमा नेपाललगायत भियतनाम, मङ्गोलिया, जर्मनी, अस्ट्रिया, पेरु, नाम्बिया, स्लोभेनिया, इरान, भारतलगायतका देशको पर्यटकीय सम्पदाहरुसम्बन्धी प्रदर्शनी गर्नुका साथै वृत्तचित्रहरु प्रस्तुत गरिएको थियो । प्रत्येक दुई वर्षमा आयोजना हुने यस महोत्सवमा यसपटक नेपालको पर्वतीय पर्यटनका विषयलाई विशेष महत्व दिइएको थियो ।

महोत्सवको उद्घाटन समारोहमा जर्मन–नेपाल मैत्री सङ्घका अध्यक्ष राम प्रताप थापाले यस किसिमका मेलाहरुले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए उनले नेपाली पर्यतीय पर्यटनसम्बन्धी प्रस्तुतीकरण दिनुको साथै दुईवटा वृत्तचित्र पनि प्रस्तुत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्