काठमाडौं । गायिका उर्मिला लाम्गादे ‘लिन आउँछु भन्थ्यौ’ बोलको गीत सार्वजनिक गरेकी छिन ।
बुढा सुब्बा डिजिटल मार्फत युट्युवमा सार्वजनिक गरिएको गीतमा लाम्गादेको स्वर र अर्जुन पोख्रेलको संगीत छ ।
दिग्गज धौरालीको शब्द रहेको लोक आधुनिक शैलीको गीतमा अहिलेकी चर्चित नायिक पूजा शर्मा र राज कटुवालको अभिनय छ ।
गीतलाई कविराज गहतराजले निर्देशन गरेका छन् । लोक आधुनिक शैलीको गीतको शब्द र संगित आफूलाई मन परेकाले स्वर दिएको लाम्गादेको प्रतिक्रिया छ ।
विभिन्न गीतमा आवाज भरिसकेकी गायिका लाम्गादेले केही समय पहिले रुकुम चौरजहारी भएको घटनामा आधारित जातीय विभेद विरुद्धको चेतनामुलक गीत गाएकी थिइन् ।
गायिका लाम्गादेले भनिन्, ‘यसअघी पनि मैंले विभिन्न शैलीका गीत गाएको थिए । यो गीतको शव्दले मन छोयो । अर्जुन पोख्रेलको संगीतमा गाउन पाउँदा खुशी लागेको छ ।’
गीतमा चर्चित नायिक पुजा शर्माको नृत्य निकै आकर्षक छ । नायिका शर्मालाई राज कटुवालले साथ दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्