पुल्चोकको भीड नियन्त्रणमा लिन खटिएका १८ प्रहरीमा कोरोना - दर्पण संसार

पुल्चोकको भीड नियन्त्रणमा लिन खटिएका १८ प्रहरीमा कोरोना

काठमाडौं /  रातो मछेन्द्रनाथको रथ तान्ने क्रममा निषेधाज्ञा उल्लंघनकर्तालाई रोक्न खटिएका १८ प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ ।

बिहिबार ललितपुरको पुल्चोकमा रातो मछेन्द्रनाथको रथ तान्ने क्रममा उर्लिएको भीडलाई नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी शुशिलकुमार यादवका अनुसार भीड नियन्त्रणका लगि खटिएका प्रहरी सहित शुक्रबार उपत्यकामा कार्यरत ५६ प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको एसएसपी यादवले जानकारी दिएका हुन ।

यस्तै शुक्रबार नै ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर काठमाडौंका १५ जना र महानगरीय प्रहरी कार्यालयका ८ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

बिहिबार पुल्चोकमा रथ तान्न सडकमा आएका स्थानीयले प्रहरीमाथी ढुंगामुढा प्रहार गरेका थिए भने स्थितिलाई नियन्त्रणमा राख्न अश्रुग्यास समेत प्रहार गर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्