पछिल्लो २४ घण्टामा १३५९ जना कोरोना संक्रमित, संख्या हालसम्मकै उच्च - दर्पण संसार

पछिल्लो २४ घण्टामा १३५९ जना कोरोना संक्रमित, संख्या हालसम्मकै उच्च

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १३५९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३५९ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

यो संक्रमितको संख्या हालसम्मकै उच्च हो । पछिल्लो २४ घन्टामा १३५९ जनामा संक्रमण पुष्टि भएसँगै ४४ हजार २३६ पुगेको हो ।

२४ घन्टामा डिस्चार्ज १३ सय ५४ भएको निको भएका छन् । योसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २५५६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३६३८ जनाको पिसिआर परीक्षण गरिएको छ। २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ।

त्यस्तै, काठमाडौं उपत्यकामा शुक्रबार ४५४ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा थप ४५४ जनामा कोरोना भाइरसको संक्रमण भएको हो । त्यसमध्ये काठमाडौंका ३८६ , ललितपुरका ३२ र भक्तपुरका ३६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्