लमजुङ सुन्दरबजार–२ का वडाअध्यक्ष बिरुद्ध मुद्दा दायर - दर्पण संसार

लमजुङ सुन्दरबजार–२ का वडाअध्यक्ष बिरुद्ध मुद्दा दायर

लमजुङ । लमजुङको सुन्दर बजार नगरपालिका वडा नं. २ का वडा अध्यक्ष नबीनकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

अबैध रुपमा नदी दोहन नगर्न स्थानीयले आग्रह गर्दा उल्टै स्थानीयमाथी कुटपिटमा लागेका वडाअध्यक्ष श्रेष्ठ बिरुद्ध ईलाका प्रहरी कार्यालय भोटेवडारमा मुद्धा दायर भएको थियो ।

सुन्दरबजारमा रहेको पाउँदी खोलामा अबैध रुपमा नदी दोहनमा सक्रिय रहेका श्रेष्ठले पद र पावरको आडमा सुन्दरबजार क्षेत्रमा दादागिरी देखाउँदै आएकोमा अबस्थामा प्रहरीले उनलाई पक्राउ पुर्जी समेत जारी गरेको थियो । उनलाई सुन्दरबजार–५, खत्रीठाँटीका अनिल श्रेष्ठले सार्बजनिक मुद्धा दायर गरेका हुन् ।

प्रहरीमा सार्बजनिक मुद्धा दायर भएपछि उहाँ सम्पर्कबिहिनी रहेपनि हाल प्रहरीको सम्पर्कमा आएकोले जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले बताए ।

थापाले भने, ‘प्रहरीमा आशमान तामाङ र नबीन कुमार श्रेष्ठको बिरुद्धमा उजुरी परेपछि मुद्धा दर्ता भएको थियो, आशमान तामाङलाई पक्राउ गरीसकेका थियौं, आज वडाअध्यक्ष पनि सम्पर्कमा आउनुभएकोले प्रहरी कार्यालयबाट जिल्ला प्रशासन कार्यालय लमजुङमा मुद्धा दर्ता गरिसकेका छौ, अब सिडिओ कार्यालयबाट मुद्दा अगाडी बढ्छ ।

नदीको दोहन नगर्न आग्रह गर्दा उल्टै स्थानीय माथी आक्रमणमा उत्रिएपछि अहिले खत्रीठाँटीवासीहरु वडाअध्यक्ष श्रेष्ठको दादागिरीको बिरुद्धमा उत्रिदै आएका थिए ।

सुन्दरबजार नगरपालिका वडा नं. २,५,६ र ७ को सिमानामा पर्ने पाउँदी खोलामा वडा अध्यक्ष श्रेष्ठले मन लाग्दी रुपमा नदी दोहन गरेपनि सम्बन्धित निकाय मौन रहँदै आएको छ । सत्तारुढ दल नेकपाका नेताहरुको आडमा नदी दोहनमा सक्रिय रहेका अध्यक्ष श्रेष्ठलाई कारवाही गर्न प्रशासनले समेत सक्रियता देखाएको छैन ।

नेकपामा प्रबेश गरेको छोटो समयमानै शक्तिको आडमा दादागिरी देखाएका वडाअध्यक्ष श्रेष्ठले यसअघि पनि नदीको दोहनकै बिषयमा भनाभन हुँदा सुन्दरबजार–५, तार्कुका वडा अध्यक्ष ललित गुरुङमाथी पनि कुटपिट गरेका थिए ।

त्यस्तै ढुंगागिटी बालुवा र औषधीको ठेक्कामा मिलेमतो गर्न नमान्दा सुन्दरबजार नगरपालिकाकातत्कालिन लेखापाल श्याम पराजुलीलाई पनि उनले कार्यकक्षमै कुटपिट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्