ललितपुरको चक्रपथ भित्र आज कर्फ्यू - दर्पण संसार

ललितपुरको चक्रपथ भित्र आज कर्फ्यू

काठमाडौं / जिल्ला प्रसासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राती १० बजेसम्म ललितपुरको चक्रपथ क्षेत्र भित्र कर्फ्यू आदेश जारी गरेको छ ।

रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा बिहिबार झडप भएपछि ललितपुर प्रसासनले आज बिहानै देखि कर्फ्यू आदेश जारी गरेको हो ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्