जंग्गी अड्डाका एक सिपाहीले आफैंले गोली हानेर गरे आत्महत्या - दर्पण संसार

जंग्गी अड्डाका एक सिपाहीले आफैंले गोली हानेर गरे आत्महत्या

काठमाडौं । नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका एक सिपाहीले आफूले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् ।

भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका ती सिपाहीले आत्महत्या गरेका हुन् ।

नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले हामीसँग कुरा गर्दै ड्युटीको समयमा आफैंले बोकेको बन्दुकले कन्चटमा गोली हानी आत्महत्या गरेको जानकारी दिए ।

पेट्रोल पम्पमा ड्युटीमा रहेको समयमा ती सिपाहीले आइतबार बिहान ३ बजे गोली हालेर आत्महत्या गरेका हुन् ।

हाल उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ । आत्महत्या गर्ने सिपाहीको घर तनहुँ जिल्लाको रानीपोखरी भएको बताइएको छ ।

 

"

प्रतिक्रिया दिनुहोस्