त्रिभुवन विश्वविद्यालयको परिक्षा अब दशैंपछि - दर्पण संसार

त्रिभुवन विश्वविद्यालयको परिक्षा अब दशैंपछि

काठमाडौं /  त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा अब दशैं पछि मात्रै हुने भएको छ ।

कोरोना भाइरसको महामारी बढ्दै जाँदा विश्वविद्यालयले परिक्षा दशैंपछि मात्रै हुने बताएको हो ।

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले संक्रमणको गति झनै बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैं पछाडि गर्ने तयारी भएको जनकारी दिए ।

पनिकाले वार्षिक परीक्षा आफैंले संचालन गर्ने तर सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई नै दिने तयारी गरेको छ । यसअघि लकडाउन खुलेसँगै सवारी पनिकाले १६ भदौबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो ।

 

"

प्रतिक्रिया दिनुहोस्