काठमाडौँका प्रमुख चोकहरूमा एनआरएनएको शौचालय - दर्पण संसार

काठमाडौँका प्रमुख चोकहरूमा एनआरएनएको शौचालय

काठमाडौँ । काठमाडौँका व्यस्त चोकहरूमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले निर्माण गर्न लागेको सार्वजनिक शौचालयको प्रारम्भिक ढाँचा सार्वजनिक गरिएको छ ।

यसअघि महानगरपालिकासँगको सहकार्यमा संघले काठमाडौँका प्रमुख व्यस्त चोकहरूमा सार्वजनिक शौचालय निर्माण गर्ने सोच अघि सारेको थियो ।

संघका अध्यक्ष कुमार पन्तले यसमा सबैको सकारात्मक प्रतिक्रिया आएको बताए । कलंकी, सुन्धारा, कोटेश्वर, माछापोखरी, चावहिललगायतका क्षेत्रमा महानगरले जग्गा उपलब्ध गराउने र एनआरएनएले शौचालय निर्माण तथा सुरुका केही वर्ष सञ्चालनको जिम्मेवारी लिने भएको हो ।

मुलुकको संघीय राजधानी मात्र नभई प्रत्येक विदेशी पर्यटकलाई स्वागत गर्ने महानगर समेत भएकाले काठमाडौँलाई स्वच्छ र सफा राख्न यो पहल कदमी थालिएको अध्यक्ष पन्तले बताए । यसले काठमाडौँका आगन्तुक तथा यात्रुलाई पनि सुविधा पुग्ने उनको विश्वास छ ।

शौचालयको प्रारम्भिक ढाँचा सार्वजानिक गर्दै अध्यक्ष पन्तले सुझावको लागि पनि आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्