गायक भिम श्रेष्ठको गीतमा नायिका शिल्पाको दमदार अभिनय - दर्पण संसार

गायक भिम श्रेष्ठको गीतमा नायिका शिल्पाको दमदार अभिनय

काठमाडौं । नायिका शिल्पा पोखरेलको अभिनय रहेको ‘जाने बेला’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेममा धोका पाएकाहरुको कथालाई जीवन्त शैलीमा उतारिएको गीतमा गायक श्रेष्ठ र गायिका मेलिना राईको स्वर रहेको छ ।

राम अबिरल बिष्टका शब्द, राजन तिमिल्सिनाको संगीत शृजना रहेको गीतमा शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको छ ।

फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको गीतले प्रेममा चोट पाउनेहरुमा बेदनालाई नजिकबाट केलाएको छ ।

भिडियोमा वैँशालु उमेरमा प्रेममा परेका तर परिस्थितीले प्रेमी प्रेमीका एक हुन नसकेको असफल प्रेम कहानीलाई देखाउन खोजीएको छ ।

प्रतिक्रिया दिनुहोस्