कोरोनाका कारण नेपालमा एकैदिन ११ जनाको मृत्यु, ८३८ संक्रमित थपिए - दर्पण संसार

कोरोनाका कारण नेपालमा एकैदिन ११ जनाको मृत्यु, ८३८ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमितमध्ये थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शुक्रबार मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा एक महिला र १० पुरुष छन् । विभिन्न ११ जिल्लामा एकरएकजनाको मृत्यु भएको उनले बताए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा देशभर ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । योसँगै कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा मात्रै १८२ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका हुन् ।

 

"

प्रतिक्रिया दिनुहोस्