निषेधाज्ञा कडाइ गर्न उपत्यकाका सडकमा ५ हजार सुरक्षाकर्मी परिचालन - दर्पण संसार

निषेधाज्ञा कडाइ गर्न उपत्यकाका सडकमा ५ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं / काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं भक्तपुर र ललितपुरमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञालाई कडा पार्न ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । 

काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लामा गरि निषेधाज्ञामा कडाइ गर्न भन्दै नेपाल प्रहरी र ससस्त्र प्रहरीका गरी करिब ५ हजार सुरक्षाकर्मी खटाइएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी एवम् प्रवक्ता शुशिलकुमार यादवले उपत्यकाका तीनै जिल्लाका सडकमा नेपाल प्रहरी तर्फबाट मात्रै ३३ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

यसैगरी ससस्त्र प्रहरी तर्फबाट पनि व्यापक रुपमा सुरक्षाकर्मी खटाइएको छ । ससस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार तीनै जिल्लामा गरी ससस्त्र प्रहरीका १५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता यादवका अनुसार बिहिबार काठमाडौंका सडकमा निषेधाज्ञा उल्लंघन गर्दै हिडेका ५ सय ८१ जनालाई होल्ड गराइएको छ ।

यसैगरी ललितपुरमा १ हजार २ सय १० जनालाई होल्ड गराइएको छ भने भक्तपुरमा ५ सय ३५ जनालाई निषेधाज्ञा उल्लंघन गरेको भन्दै सडकमा होल्ड गराइएको छ । यसरी होल्ड गराइएका सबैलाई साँझसम्म सचेत गराएर छाडिएको एसएसपी यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्