नेपाल प्रहरीमा डिआइजीको संख्या १९ पुर्‍याइँदै, को-को छन बढुवाको दौडमा ? - दर्पण संसार

नेपाल प्रहरीमा डिआइजीको संख्या १९ पुर्‍याइँदै, को-को छन बढुवाको दौडमा ?

पाँच वटा दरबन्दी थप्ने तयारी, बढुवाका लागि दौडधुप सुरु

काठमाडौं / सरकारले नेपाल प्रहरीको नायव महानिरिक्षक (डिआईजी) को दरवन्दी थप्ने गरी गृहकार्य अघि बढाएको छ ।

चार महिना अघि २८ चैत्रमा डिआइजीको संख्या कटौती गरेको सरकारले फेरी पाँच दरबन्दी थप गर्न तयारी अघि बढाएको हो ।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सो विषयमा प्रहरी प्रधान कार्यालय र मन्त्रालय बीच सहमती जुटिसकेको छ । प्रधान कार्यालयले महत्वपूणर् विभागमा डिआइजीको दरबन्दी आवश्यक रहेको भन्दै प्राविधिकतर्फ बाहेक हाल १४ जनाको संख्या रहेको डिआईजीबाट पाँच बढाएर १९ पुर्याउन प्रस्ताव गरिसकेको छ ।

यस अघि नेपाल प्रहरीमा प्राविधिक तर्फ बाहेक डिआईजीको दरवन्दी २६ थियो भने सरकारले एकै पटक संख्या घटाएर १४ मा झारेको थियो ।

त्यसपछि डिआइजी प्रमुख रहेका प्रहरी संगठनका कतिपय विभागहरु एसएसपीको भरमा चल्दै आएका छन । 

सरकारले डिआइजीको संख्या कटौती गर्दा बढुवाको मुखमा रहेका धेरै एसएसपीहरु मर्कामा परेका थिए भने प्रहरी संगठन भित्र असन्तुष्टी समेत बढेको थियो ।

त्यसबखत गृह सचिव महेश्वर न्यौपाने र प्रहरी महानीरिक्षक ठाकुर ज्ञवालीबीच पटक पटक भनाभन समेत भएको थियो ।

हालै भएको संख्या थप गर्ने सहमती पछि मन्त्रालयका सह-सचिव रामप्रसाद आचार्यको संयोजकत्वमा संगठन तथा ब्यावस्थापन सर्वेक्षण समिति (ओएनएम) समेत गठन भइसकेको छ । समितिमा प्रहरीतर्फबाट डिआईजी प्रकाशजंग कार्की सदस्य छन । 

सो समितिले नेपाल प्रहरीमा प्रशासन तर्फका ५ जना डिआईजीको दरवन्दी थप्ने प्रस्ताव गरेको हो । सहमती पछि सो प्रस्ताव अर्थमन्त्रालयमा पठाई सकिएको छ ।

अर्थले दरवन्दी थप बारे स्विकृती दिएपछि सो प्रस्ताव कानुन मन्त्रालयको राय सहित पुनः गृहमन्त्रालयमा आउने छ । अर्थ र कानुन मन्त्रालयको सहमती पाएपछि गृह मन्त्रालयले स्विकृतकालागी मन्त्रिपरिषद् बैठकमा पेश गर्ने छ ।

नेपाल प्रहरीतर्फ डिआईजीले नेतृत्वगर्ने कार्यविभाग, अपराध अनुसन्धान विभाग, महिला तथा बालबालिका, लागुऔषध, मानव बेचविखन, साईवर ब्युरो लगायतका विभाग नेतृत्व विहिन छन । दरवन्दी कटौति हँुदा वरियतामा अगाडि रहेका धनश्याम अर्याल प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, इश्वरबाबु कार्की, सहकुल थापा, धिरजप्रताप सिंह, बसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक,उत्तम सुवेदी र अरुण कुमार बिसी मात्र डिआइजी बढुवा भएका थिए ।

नेपाल प्रहरीका हाल दुई डिआइजी पद रिक्त छ भने पाँच दरवन्दी थपिएपछि सात जना एसएसपी वरिष्ठताका आधारमा डिआइजीमा बढुवा हुने छन ।

को-को छन बढुवाको दौडमा ?

प्रहरी महानिरीक्षक शैलेश थापाको ब्याचका तर हाल एसएसपीमै रहेका पुरुषोत्तम कँडेल, देवबहादुर बोहोरा, गणेश ऐर, दिलीप चौधरी, राजेशलाल कणर्, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, शेखर कोइराला, किशोर दाहाल, शौरभ राणा बढुवाको लाइनमा छन ।

यसैगरी त्यसपछिका ब्याचका एसएसपीहरु दिवेश लाहेनी, मुकुन्द आचार्य, सुशील यादब, पूजा सिंह, नरबहादुर खत्री, मोहन आचार्य, नलप्रसाद उपाध्याय, बिक्रम चन्द, मसाउद आलम खाँ सहितका एसएसपीहरु बढुवाको लाइनमा लागेका छन ।

प्रतिक्रिया दिनुहोस्