अमेरिकन पेस्तोल सहित दुई जना पक्राउ - दर्पण संसार

अमेरिकन पेस्तोल सहित दुई जना पक्राउ

काठमाडौं / प्रहरीले माछापोखरीबाट दुई थान अमेरिकन पेस्तोल, त्यसमा लाग्ने म्यागजिन र १० राउण्ड गोली बरामद गरेको छ ।

महानगरयि अपराध महाशाखाका अनुसार घटनामा संलग्न दुई जनालाई समेत पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नुवाकोट शिखरवेसी-६ का विकेश पण्डित र लिपु गाउँपालिका-१ का अमर तामाङ रहेको महाशाखाका प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए ।

घटनामा संलग्न एक जनालाई माछापोखरीबाट र अर्का व्यक्तिलाई नुवाकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । तामाङले दिएको हतियार लिएर आउने क्रममा पण्डित पक्राउ परेका थिए ।

त्यसपछि अपराध महाशाखाले प्रहरी निरीक्षक भोलकुमार भट्टको कमाण्डमा नुवाकोटमा टोली पठाएर तामाङलाई उनकै घरबाट पक्राउ गरेको हो ।
तामाङ डाँका सम्बन्धी मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरेर गत २२ फागुनमा छुटेका थिए ।

"

प्रतिक्रिया दिनुहोस्