रौतहटमा पुजारीको गोली हानी हत्या - दर्पण संसार

रौतहटमा पुजारीको गोली हानी हत्या

काठमाडौं / रौटहटमा गए राति एक जना पुजारीको कन्चटमा गोली हानी हत्या गरिएको छ ।

माधवनारायण नगरपालिका २ स्थित खेसरीयामा रहेको हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम शाहको बुधबार राति करिब ९ बजे खाना खाँदै गरेको अवस्थामा कन्चटमा गोली हानी हत्या गरिएको हो ।

पुजारी शाहमाथी कसले गोली हान्यो भन्ने खुलेको छैन तर घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले जानकारी दिए । घटनाको कारण हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्