राष्ट्रिय झण्डा जलाउनेलाई राज्य बिरुद्धको मुद्दा - दर्पण संसार

राष्ट्रिय झण्डा जलाउनेलाई राज्य बिरुद्धको मुद्दा

३ वर्ष कैद र ३० हजारसम्म जरिवाना हुन सक्ने

काठमाडौं / राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो ‘देशद्रोही’ का गायक ग्याल्जेन दोर्जे तामाङसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार साँझसम्म ९ जनालाई पक्राउ गरेको प्रहरीले सोही समूहका अर्का एक जनालाई समेत पक्राउ गरेको हो । नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता एसएसपी कुवेर कडायतले हालसम्म १० जनालाई पक्राउ गरिसकिएको दर्पणसंसारलाई जानकारी दिए ।

राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो बनाउने समूहमा रहेका र पक्राउ परेका सबैलाई प्रहरीले ‘राज्यविरुद्धको कसुर’ गरेको मुद्दा लगाएको छ । झण्डा जलाउने समूहलाई राज्य बिरुद्धको कसुरमा मुद्दा लगाएको र म्याद थप गरेर अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
सो समूहले मकवानपुरमा सुटिङ गरेको म्यूजिक भिडियोमा जतिय द्धन्द्ध फैलाउने शब्द प्रयोग गरिएको छ । मुलुकी अपराधसंहिता-०७४ को भाग २ परिच्छेद १ दफा (५०) को उपदफा (३) अनुसार सरकारको कामकारवाहीबारे घृणा, द्वेष फैलाएका वा अपहेलना गरे गराएमा ३ वर्ष कैद र ३० हजार जरिवाना हुने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्