नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियो बनाउने गायकसहित नौं जना पक्राउ - दर्पण संसार

नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियो बनाउने गायकसहित नौं जना पक्राउ

काठमाडौं । नेपालको राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने समूहका गायकसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो बनाउने समूहका मुख्य अभियुक्त अर्थात गायक ग्याल्जोम दोर्जे तामाङ्गसहित ९ जनालाई प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट पक्रेको हो ।

‘मङगोल हप’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको ‘देशद्रोही’ नामको गीतमा राष्ट्रिय झण्डा जलाएको थियो ।

त्यसपछि देशभर विरोध भएको थियो । नेपाल प्रहरीले तत्काल टोली खटाएर सो घटनामा संलग्न ९ जनालाई पक्रेको हो ।

 

प्रतिक्रिया दिनुहोस्