काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा बुधबार उहाँको निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो । राष्ट्रकवि घिमिरेको अहिले पशुपति आर्यघाटमा अन्त्येष्टि गरिंदैछ ।
अन्त्येष्टिको जिम्मा नेपाली सेनाले लिएको छ । आर्यघाटमा सिमित संख्यामा शुभेच्छुकहरु भेला भएका छन् ।
मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा काठमाडौंको कपुर धारास्थित आफ्नै निवासमा निधन भएको हो ।
उहाँ केही दिन देखि अस्वस्थ हुनुहुन्थ्यो । घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङमा भएको थियो ।
्स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका उहाँ कुशल गीतकार पनि हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्