राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन - दर्पण संसार

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन

काठमाडौं/ राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ ।

मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा कपुरधारास्थित निवासमै घिमिरेको निधन भएको पारिवारिक स्रोतले पुष्टी गरेको हो । 

विगत केही समयदेखि अस्वस्थ रहँदै आएका उनी घरमा नै आराम गरिरहेका थिए । १९७६ सालमा लमजुङमा जन्मिएका उनको ‘गौरी’ शोककाव्य, ‘राष्ट्र निर्माता’ खण्डकाव्य, ‘मालती मङ्गले’ गीतिनाटक लगायत धेरै साहित्यिक रचना प्रसिद्ध छन ।

"

प्रतिक्रिया दिनुहोस्