२९ जिल्लामा निषेधाज्ञा - दर्पण संसार

२९ जिल्लामा निषेधाज्ञा

केही जिल्लाका स्थानीय तहमा लकडाउन

काठमाडौं/  कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि जिल्ला प्रसासन कार्यालयहरु मार्फत ७७ जिल्ला मध्ये २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । 

सरकारले ५ साउनको मन्त्रीपरिषद् बैठक मार्फत संक्रामक रोग निर्मूल वा रोकथाम गर्नका लागि आवश्यक व्यवस्था मिलाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई नै दिएपछि हालसम्म २९ जिल्लाका जिल्ला प्रसासन कार्यालयहरुले निषेधाज्ञा जारी गरेका छन ।

गृहमन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेका अनुसार १४ जिल्लामा जिल्लाभर निषेधाज्ञा छ भने १५ जिल्लामा जिल्लाको संक्रमणको अवस्था हेरेर निषेधाज्ञा जारी गरिएको छ ।

यसैगरी एक जिल्लामा पूणर् लकडाउन, आठ जिल्लामा अंशिक लकडाउन, दुई जिल्लामा आशिंक शिल र एक जिल्लामा सरकारी सेवा जिल्लाभर बन्द गरिएको छ । यस्तै पाँच जिल्लामा सरकारी सेवा क्षेत्र छुट्याएर आंशिक रुपमा बन्द गरिएको छ । 

‘कतै पूणर् रुपमा निषेधाज्ञा छ, कतै संक्रमणको अवस्था हेरेर आवश्यक क्षेत्रमा मात्रै निषेधाज्ञा लगाइएको छ, कतै सेवा नै बन्द गर्नु पर्ने अवस्था आएको छ, सबै गरेर ४५ जिल्लमा कतै निषेधाज्ञा कतै लकडाउन त कतै शिल गरिएको छ,’ गृह मन्त्रालयका सहप्रवक्ता लामिछानेले भने ।

लामिछानेका अनुसार संक्रमणको गति बढेपछि एउटा जिल्लामा पूणर् लकडाउन गरिएको हो । यस्तै आठ वटा जिल्लामा अंशिक लकडाउन छ ।  यस्तै दुई जिल्लामा संक्रमणको गति बढेपछि आशिंक शिल गरिएको छ भने एउटा जिल्लामा सरकारी सेवा जिल्लाभर बन्द गरिएको छ । यस्तै पाँच जिल्लामा सरकारी सेवा क्षेत्र छुट्याएर आंशिक रुपमा बन्द गरिएको छ । जसअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, महोत्तरी र नुवाकोटमा आशिंक सेवा बन्द गरिएको छ ।

सप्तरी, नुवाकोट, बाँके, बारा, पर्सा, सुनसरी, सर्लाही, स्याङ्जा, बर्दिया, रौतहट, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, दोलखा पाल्पा लगायतका जिल्लामा पूणर् रुपमा निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै धनुषा, महोत्तरी, जुम्ला, धादिङ, रुकुम, धनकुटा, तनहुँ, उदयपुर, सुर्खेत, चितवन, बाग्लुङ र गोरखा, मकवानपुर सहितका केही जिल्लामा आंशिक निषेधाज्ञा छ ।  काठमाडौं महानगरपालिकाको वडा नम्बर ५ को कोटालटोल र वडा नम्बर १९ को महरुहिटीमा अर्को निणर्य नभएसम्मका लागि लकडाउन गरिएको छ । यस्तै भक्तपुर, ललितपुर तथा सिरहा, मोरङ, दार्चुलाका केही स्थानीय तहमा लकडाउन छ ।

यसैगरी कंचनपुर, काठमाडौं, भक्तपुर, ललितपुर, कपिलवस्तुमा स्थानीय प्रसासनले सेवा बन्द गरेका छन । यसैगरी बारा, जुम्ला, पाल्पा र रामेछापले अर्को आदेश नहुँदासम्मका लागि निषेधाज्ञा र शिल गरेका छन । जिप्रका, पाल्पाले तानसेन नगरपालिका र जिप्रका रामेछापले रामेछाप नगरपालिका अर्को निणर्य नहुँदासम्मका लागि सिल गरेका हुन ।

संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रसासनसँगको समन्वयमा स्थानीय सरकारहरुले समेत अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै आइरहेका छन । धनुषाको सबेला नगरपालिका, महोत्तरीको बर्दिबासका १, २, ७ र १४ नम्बर वडा, बलुवा नगरपालिकाको १ देखि ११ वडा र गौशाला नगरपालिकाका केही वडामा लकडाउन गरिएको छ ।

सिरहाको मिर्चैया, लहान, गोलबजार, धनगढीमाई, सखुवानन्कारपट्टी, विष्णुपुर, लक्ष्मीपुरपतारी, सुखिपुर, भगावनपुर, बरियापुर र नरहामा लकडाउन छ ।

मोरङको बिराटनगर, सुन्दर हरैंचा, सुनवर्षी, बेलबारी, केराबारी, रतुवामाई, दार्चुलाको मार्मा, झापाको बिर्तामोड, रुपन्देहीको देवदह र बुटवल र कैलालीको कैलारीमा लकडाउन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्