यो वर्ष नेपाली मेला नहुने - दर्पण संसार

यो वर्ष नेपाली मेला नहुने

 

प्रत्येक वर्ष अगष्ट ३०मा केम्पटन पार्क, युकेमा आयोजना हुने नेपाली मेला कोभिड १९ का कारण यो वर्ष स्थगित हुने भएको छ । तमूधि  युकेका मिडिया सेक्रेटरी रोहित गुरुङ्गले संस्थाका अध्यक्ष नन्दजंग गुरुङको हस्ताक्षर भएको एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै यो वर्ष नेपाली मेला नहुने जानकारी गराएका हुन ।

बेलायतको नेपाली समुदायमा निकै अर्थराख्ने सम्भवत: सबै भन्दा ठूलो मेला "नेपाली मेला " ले प्रत्येक वर्ष नेपाली संस्कृति, भेष भूषा, रहनसहन ,चालचालन लगाएत नेपाली खानाको जानकारी, प्रदर्शनी गर्दै आएको छ । यो मेला तमुधि युकेले नेपाली राजदुतावास लण्डनको सहकार्यमा गर्दै प्रत्येक वर्ष गर्दै आएको छ ।

कोभिड १९ का कारण ज्यान गुमाउने तमुधि युकेका सदस्य लगायत सम्पूर्णलाई भावपूर्ण श्रद्धाञ्जली दिदै यो बर्ष महामारीका कारण "नेपाली मेला" गर्न व्यवहारिक नदेखिने आयोजकले विज्ञप्तिमा प्रष्ट पारेको छ साथै आगामि बर्ष हुने नेपाली मेलालाई अझै आर्कषक र व्यवस्थित बनाईने तमुधि युकेको विज्ञप्तिमा भनिएको छ ।

नेपाली मेला विगत ११ बर्षदेखि निरन्तर चल्दै आएको थियो तर यो बर्ष भने महामारीका कारण स्थगित गर्न लागिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्