काठमाडौं । वेलायतस्थित नेपाली समुदायतले गैरआवासीय नेपालीहरुसंग सम्बन्धी ऐन तथा कानुनहरु तत्काल संसोधन गर्न सुझाव दिएका छन् ।
गैरआवासीय नेपाली संघ इंल्याण्ड राज्य परिषदको आयोजना अल्डरशटस्थित एम्पायर हलमा विषेश अन्तरक्रिया बोल्ने वक्ताहरुले समयनाकुल विदेशमा बस्ने नेपालीहरुसंग सम्वन्धि ऐन कानुन संसोधन गर्न संघीय संसदको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले गैरआवासीय नेपालीहरुसंग सम्बन्धी नागरिकता, मुलुकी संहिता, राहादानी, राष्ट्रिय परिचयपत्र लगायतका ऐनहरु संसोधन गर्न सुझाव दिएका छन् । कार्यक्रमलाई सम्वोधन गर्दै गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले संविधानले ग्यारेन्टी गरेको गैरआवासीय नेपाली नागरिकताको अधिकारलाई कसैले खोसेर नखोसिने वताए ।
गैरआवासीय नेपाली संघले लामो समय देखी उठाउँदै आएको नागरिकताको निरन्तरता र सम्पतिको अधिकारका सम्बन्धमा सहभागीहरुबाट प्राप्त सुझावका आधारमा गैरआवासीय नेपाली कानुन र गैरआवासीय नेपाली नागरिकतामा हुनुपर्ने व्यवस्था सम्वन्धमा सहभागीहरुले सुझाव दिए ।
गैरआवासीय नेपाली संघ इंल्याण्ड राज्य परिषदका अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कानुनविदहरु सुरेन्द्र श्रेष्ठ, गोविन्द बेल्वासे, देवेन्द्र श्रेष्ठ, र थर्क राना लगायतका वक्ताहरुले गैरआवासीय नेपालीहरुको नागरिकता दिने संविधानले ग्यारेन्टी गरे पछि पूर्ण रुपमा कार्यन्वयन नहुने वेला सम्म सजक हुनु पर्ने तर्क गरेका थिए ।
कार्यक्रमा गैरआवासीय नेपाली संघका सल्लाहकार विश्वआर्दश पण्डित, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ्ग, आइसीसी सदस्यहरु, मानार्थ सदस्यहरु, पूर्वअध्यक्षहरु, भूपुगोर्खाहरु, पत्रकार लगायत बेलायतस्थित विभिन्न संघसँस्थाका प्रतिनिधिहरुको विशेष उपस्थिति थियो । कार्यक्रममा बोल्ने बक्ताहरुको सुझावको आधारमा नेपालमा गैरआवासीय नेपालीहरुको सम्पतिको अधिकार र नागरिकताको निरन्तता विषयमा गैरआवासीय नेपाली संघ युकेले ८ बुँदे सुझाव संकलन गरेको छ ।
"
"
प्रतिक्रिया दिनुहोस्