माघ १५ गतेदेखि बन्द रहेकाे रसुवागढि नाका साेमवारबाट सञ्चालन आएकाे छ । नाका नेपाली समय आठ र चिनिया समय १० वजेकाे समयमा सञ्चालनमा आएकाे हाे । चिनियाँ गाडिले मितेरी पुलसम्म सामान ल्याईदिएपछि एक तर्फि मात्र नाका सन्चालन भएकाे भन्सार प्रमुख पुण्य विक्रम खडकाले जानकारि दिनुभयाे।
पहिलाे पटक साेमवार चिनियाँ पक्ष कै चार वटा गाडिमा एक सय २० टन सामान नेपाल भित्रने छन । असार १० गते मितेरी पुलमा भएकाे बैठकमा चिनियाँ पक्षबाट नेपाल ल्याउने सामान चिनले आफ्नै कन्टेनर चालक र लेवर प्रयोग गरि मितेरी पुल सम्म ल्याईदिने सहमति भएपछि अनलाेड भएका समान लिने चालक र सहयाेगि काे काेराेना परिक्षण अनिवार्य हुनुपर्ने प्रस्ताव चिनले राखेकाे थियाे।
त्यसै अनुरूप नेपाली पक्षका १५ जना चालक र १५ जना लेवर काे काेराेना परिक्षण गरि क्वारेन्टाइन मा राखिएकाे थियाे । भुकम्प का कारण तातोपानी नाका पुर्ण रूपमा बन्द भएपछि यश रसुवा गढि नाकालाई चिन सरकारले २०७४ भदाै १४ गते अन्तर्राष्ट्रिय नाका घाेषणा गरेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्