चितवनमा एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन् । भरतपुर महानगरपालिका–१० स्याउलीबजारमा शनिबार एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कोठा भाडामा लिएर बसेकी १९ बर्षिय विद्या पाण्डेले फेसबुकमै लाइभ गरेर आत्महत्या गरेकी हुन् ।
उनको स्थाइ ठेगाना भरतपुर २४ रहेको प्रहरीले जनाएको छ । मृतकको कोठाबाट लागूऔषध सिरिन्ज बरामद गरिएको थियो ।
दुई वर्ष अगाडि चितवनको कालिका नगरपालिका वडा नम्बर ७ सगुन टोलस्थित एक युवाले पनि फेसबुक लाइभ गरेर आत्महत्या गरेका थिए ।
यस्तै केही दिनअघि दाङमा पनि एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी थिईन ।
जिवनलाई नै अप्राकृतिक अन्त्य गर्नु परिवारजनमा पिडा त छदैछ तर देशको लागि पनि होनहार युवा पिढीले आत्महत्या गर्नु पक्कै राम्रो होइन । हुनत यो समस्या नेपालमा मात्रै होइन र पनि युवाका मानसिक तनावलाई कम गर्न सरकार र समाज सारथी हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस्