आज तक’का पत्रकारको ‘जसपा’ फुटाउने हर्कत, भारतीय दाससँग खुसी भए ओली - दर्पण संसार

आज तक’का पत्रकारको ‘जसपा’ फुटाउने हर्कत, भारतीय दाससँग खुसी भए ओली

काठमाडौं । भारतीय टेलिभिजन ‘आज तक’मा नेपालबाट रिपोर्टिङ गर्दै आएका पत्रकार पंकज दासले ‘जनता समाजवादी पार्टी नेपाल’लाई विभाजन गर्न विभिन्न गतिविधिहरू गर्न थालेको रहस्य बाहिर आएको छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का नेताद्वय राजेन्द्र महतो र अनिलकुमार झा निकट मानिने दासले कम्युनिस्टहरूको उक्साहटमा गतिविधि गरिरहेको उच्च स्रोतले जनाएको छ । उपेन्द्र यादवसँग दासको फिटिक्कै कुरा मिल्दैन । उपेन्द्र यादवले राजपासँग पार्टी एकीकरण गरेर हालिमुहाली गर्न थालेपछि तनावमा परेका पत्रकार दासले आफूलाई सक्रिय बनाएर पार्टी विभाजन खोजेको आरोप छ ।

पत्रकार दासले प्रधानमन्त्री केपी ओली निकटका व्यक्तिहरूसँगको सम्पर्कमा रहेर ‘जसपा’लाई विभाजन गर्न भूमिका खेलेको आरोप लागेको छ । दासले ‘जसपा’लाई विभाजन गरी ओली सरकारले भनेअनुसारका गतिविधि गराउन सक्रिय भएको उपेन्द्र यादव निकट उच्च स्रोतले भन्यो । ‘आफूलाई आज तक टेलिभिजनको पत्रकार हुँ भन्ने पंकज दासलाई हामीसँग किन यति ठूलो दुश्मनी छ रु’, तत्कालीन समाजवादी पार्टी निकटका ती नेताले भने, ‘दुई पार्टी मिलेर बनेको ‘जसपा’लाई पंकज दासले फुटाउने खालका गतिविधि गर्दै हिँडेको सूचना हामीले पाएका छौँ ।’

०६२–०६३ को आन्दोलनपछि नेपाली नागरिकता लिएका पत्रकार दास भारतीय नागरिक हुन् । उनीसँग अहिले पनि भारतीय राशन कार्डसहितका थुप्रै प्रमाणहरू छन् । पत्रकार दासको घर भारतमा अहिले पनि यथावत रहेको छ । पर्सा जिल्लामा स्थायी बसोबासको ठेगाना देखाउँदै आएका दासका गतिविधिहरूमाथि ठूलो प्रश्न उठ्दै आएको छ ।

भारतले नेपालमा लगाएको नाकाबन्दीका बेला पनि पत्रकार दासले तत्कालीन प्रधानमन्त्री ओलीलाई साथ दिएको आरोप छ । अहिले पनि उनी ओली निकटका व्यक्तिहरूसँग बाक्लै उठबस गर्दै आएका छन् । बेलाबेला दासका सम्बन्धमा समाचारहरू आउने गरेका छन् ।

"

"

प्रतिक्रिया दिनुहोस्