विपक्षी दलको निष्कर्ष : अब ओली सरकारविरुद्ध संघर्ष गर्ने निर्णय - दर्पण संसार

विपक्षी दलको निष्कर्ष : अब ओली सरकारविरुद्ध संघर्ष गर्ने निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका तीनओटा विपक्षी दलले केपी शर्मा ओली सरकारविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको कांग्रेस, जनता समाजवादी पार्टी र राप्रपाको संयक्त बैठकले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै संघर्ष गर्ने निर्णय गरेका हुन् ।

उनीहरुले सरकारको स्वेच्छाचारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्तिहरु एकताबद्ध भइ संघर्ष गर्नुपर्ने बताएका छन् ।

बैठकले सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणमा संलग्नहरुलाई तत्काल कानुनी कारबाही अघि बढाउन पनि माग गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यस्तै, बैठकले ‘लकडाउन’को अवधिमा जनताका न्यूनतम् आवश्यकता पूर्ति गर्न तथा अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न ठोस कार्ययोजना ल्याउन पनि सरकार असफल भएको निष्कर्ष पनि निकालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्