नेपाली फिल्म खेल्न आएकी भुटानी अभिनेत्री उगेन विमान चार्टर्ड गरेर फर्किइन - दर्पण संसार

नेपाली फिल्म खेल्न आएकी भुटानी अभिनेत्री उगेन विमान चार्टर्ड गरेर फर्किइन

काठमाडौं । नेपाल चलचित्र अभिनय गर्न काठमाडौं आएकी भुटानी अभिनेत्री उगेन छोदेन विमान चार्टर्ड गरेर स्वदेश फर्किएकी छिन् ।

आफ्नो नयाँ नेपाली चलचित्र ‘२ नम्बरी’को छायांकनका लागि ८० दिनअघि काठमाडौं आएकी शनिबार भुटान फर्किएकी हुन् ।
फिल्मको छायांकन स्थगित भएपछि ड्रयुड एयरको विमान चार्टर्ड गरेर आफ्नो देश फर्किएकी हुन् ।

शनिबार बिहान भुटानबाट त्यहाँको सरकारी विमानसेवा ड्रयुक एयरको एटीआर विमान उगेनलाई लिन काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको थियो ।

काठमाडौंबाट बिहान ९ बजे विमान भुटानको पारो विमानस्थल फर्केको थियो । राजधानी थिम्पुकी उनले पारोको ओलाथाङ होटेलमा २१ दिन लामो क्वारेन्टाइन सुरु गरिसकेकी छन् ।
आठवटा भुटानी फिल्ममा अभिनय गरिसकेकी उगेनको यो पहिलो नेपाली फिल्म हो । फिल्ममा उगेनले दयाहाङ राईको जोडी भएर अभिनय गरेकी छन् ।

किरण नेपाली निर्माता रहेको फिल्म ‘२ नम्बरी’को गत ८ चैतसम्म कास्कीको घाचोकमा छायांकन भएको थियो । यसको अझै ७५ छायांकन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्