गीतकार नारायण तथा निर्मात्री गंगाको अभिनयमा तयार भएको ,भो आँशु नझार,को भिडियो रिलिज - दर्पण संसार

गीतकार नारायण तथा निर्मात्री गंगाको अभिनयमा तयार भएको ,भो आँशु नझार,को भिडियो रिलिज

लोकप्रिय गायक रामकृष्ण ढकालको अर्को सशक्त गीत 'भो आँशु नझार'को भिडियो बाहिरियो

 
 
भेट भयो सोल्टिीनीसँग, चाइनेजो, लगायतका गीतका गीतकार नारायण कँडेलको आफ्नो अभिनय रहेको नयाँ गीत 'भो आँशु  नझार'को भिडियो सार्वजनिक  भएको छ ।
 
बेलायतको रेडिगंमा करिब २ दशकदेखि परिवारसहित बस्दै आएका कँडेलकी पत्नि गंगा घिमिरे कँडेल पनि अभिनयमा रुची राख्छिन् । नारायण र गंगाको लामो समयदेखिको अभिनय गर्ने इच्छा 'भो आँशु  नझार'ले पुरा गरिदिएको छ । दशैँ तिहारको मौकामा नेपाल आएको अवसर पारेर यो जोडीले अभिनय गरेको भो आँशु  नझार हालै रिलिज गरिएको छ  । 
 
जसमा लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको छ भने रमेश कायस्थको संगीत रहेको छ । आशिष अविरलको एरेन्ज रहेको गीतको निर्देशन प्रकाश धितालले गरेका हुन् ।  भिडियोले प्रेम वियोगको कथालाई कलात्मक शैलीमा बोलेको छ । दु:ख पर्दा साथ छाड्नेहरुको पछिल्लो वास्तविकतालाई भिडियोमा जीवन्त शैलीमा देखाइएको ।
 
विकाश दाहालको सम्पान रहेको भिडियोको छायांकन बुद्ध एण्ड टिमले गरेको हो भने भिडियो काठमाडौँका रमणीय स्थानहरुमा छायांकन गरिएको हो । गीतकार नारायण कँडेलकै आफ्नै च्यानलबाट रिलिज गरिएको यो मर्मस्पर्शी भिडियो हेनुहोस्
 
 
 
 
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस्