कतार विश्वकप फुटबल विजेताले कति पाउँछ धनराशि ? - दर्पण संसार

कतार विश्वकप फुटबल विजेताले कति पाउँछ धनराशि ?

काठमाडौं । विश्वकप फुटबलको यस वर्ष कतारमा २२ औं संस्करण हुँदैछ । फेडेरेशन इन्टरनेसनल डे फुटबल संघ (फिफा) ले सन् १९३० मा पहिलो पटक आयोजना गरेको विश्वकप यसपाली नोभेम्बर २० मा आइतबार मंसिर ४ गतेको उद्घाटन हुँदैछ । पहिलो खेल कतार र इक्वेडरबीचको हुँदैछ ।

विश्वकपको विजेता निर्धारण गर्न यसपटक कुल ६४ खेल खेलिने छन् । प्रतियोगितामा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । तर विश्वकप उपाधी विजेताले कति रकमको पुरस्कार पाउँछन् भन्नेमा धेरैलाई जानकारी छैन । विश्वकपको आम्दानी र खर्च चासोको विषय बन्ने गरेको छ ।

अहिलेसम्मकै महंगो प्रतियोगिता मानिएको कतार विश्वकप आयोजना गर्न गर्न दुई सय २९ बिलियन पाउन्ड खर्च गरेको छ । अत्याधुनिक आठ रंगशाला तथा होटेल निर्माण गरेको छ । विजेत र उपविजेता टोलीलाई पनि राम्रो धनराशि प्रदान गरिदैछ ।

कतार संस्करणको विजेताले चार करोड २० लाख डलर पाउनेछ । प्रत्येक सहभागी खेलाडीले तीन लाख ७० हजार डलरसमेत पाउने व्यवस्था मिलाइएको छ । कतार विश्वकप विजेताले ४२ मिलियन डलर र उपविजेताले ३० मिलियन डलर प्रदान गर्दैछ । त्यस्तै तेस्रो स्थान हासिल गर्नेलाई २७ मिलियन डलर र चौथोलाई २५ मिलियन डलरको व्यवस्था फिफाले गरेको छ ।

सहभागी राष्ट्रका सम्बन्धित फुटबल निकाय वा सरकारले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि खेलाडीलाई बोनसको पनि व्यवस्था गरेका हुन्छन् । खेलाडीलाई विभिन्न निकायले पैसा दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्