वैशाख ३० गते सार्वजनिक बिदाको माग - दर्पण संसार

वैशाख ३० गते सार्वजनिक बिदाको माग

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ ।

निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन मुख्यसचिवमार्फत नेपाल सरकारसमक्ष आग्रह गर्ने निर्णय भएको निर्वाचन आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूयप्रसाद आर्यालले जानकारी दिए ।

यस्तै, बैशाख २८ गतेदेखि ३० गतेसम्मका लागि मतदान केन्द्र तथा मतदान स्थल रहेका विद्यालयमा विद्यार्थी उपस्थिति नगराउन तथा वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्ने निर्णय भएको अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्