पत्रकार पाण्डेको रिहाको लागि पत्रकार महासंघ यूकेको अपिल - दर्पण संसार

पत्रकार पाण्डेको रिहाको लागि पत्रकार महासंघ यूकेको अपिल

लण्डन । संयुक्त अरब इमिरेट्स (दुबई) मा थुनामा रहेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न नेपाल पत्रकार महासङ्घ युके शाखाले अपिल गरेको छ। शाखाका अध्यक्ष बिपिन निरौलाले शनिवार एक विज्ञप्ति जारी गदै स्वतन्त्र पत्रकारीतमाथि भएको आक्रमणको निन्दा गरेको छ ।

सामाजिक सञ्जालमा नेपाली दूतावास आबुधावीमा भए गरेका बेथितिको बारेमा लेखेकै आधारमा पत्रकार पाण्डेलाई राजदुत ढकालको ठाडो आदेशमा पक्राउ गरिनु निन्दनिय भएको महासंघले जनाएको छ ।

पाण्डे विगत ३ महिना देखि थुनामा राखिएको छ । विदेशमा बसेर स्वतन्त्र पत्रकारीता गरेका पाण्डे माथि भएको सरकारी दमनको सवत्र निन्दा गरिएको छ । उनको रिहाको लागि नेपाल सरकारले समेत पहल गरेको थालेको छ ।

यसैबीच, नेपाल पत्रकार महासंघले शनिवार काठमाण्डौंमा एक प्रदर्शनी गर्दै पाण्डेको रिहाको माग गरेको छ । प्रदर्शनमा सहभागी नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दूतावास र राजदूतले आफ्नो देशका नागरिकको संरक्षण गर्नुपर्नेमा उजुरी नै गरेर जेल पठाउनु अक्षम्य अपराध भएको बताए । उनले पत्रकार पाण्डेलाई रिहाईको लागि परराष्ट्रय मन्त्रालयले पहल गर्नुपर्ने र राजदूतलाई तत्कालै फिर्ता बोलाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्