अब प्रदेश आवागमनमा कडाई, लकडाउनको बारेका नयाँ निर्णय भएन - दर्पण संसार

अब प्रदेश आवागमनमा कडाई, लकडाउनको बारेका नयाँ निर्णय भएन

काठमाडौं । सरकारले कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा कोरोनाको परीक्षणलाई तीव्रता दिने निर्णय गरेको छ ।

ती जिल्लाहरुमा कोरोनाभाइरस संक्रमित व्यक्तिहरुको संख्या बढ्दै गएपछि शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले परीक्षणको दर बढाउने निर्णय गरेको हो । यसैगरी, सरकारले प्रदेश, जिल्ला र स्थानीय तहमा आवागमनलाई नियन्त्रण गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणको पछिल्लो अवस्थालाई ध्यान दिँदै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को तहमा हुने आवागमनलाई नियन्त्रण गर्ने निर्णय गरिएको हो ।

बैठकले कोरोनाभाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षा उपकरण छिटो उपलब्ध गराउने र उपचारमा खटिने स्वास्थ्यकर्मीको सुरक्षामा दख्खल पुर्‍याउने जोसुकैलाई प्रचलित कानुनअनुसार कारबाही गर्न प्रदेश र स्थानीय तहका सरकारलाई निर्देशन दिएको छ ।

कोरोना संक्रमण रोकथामका लागि जारी ‘लकडाउन’ अवधि बढाउने विषयमा शनिबारको बैठकले कुनै निर्णय गरेको छैन । लकडाउन अवधि बढाउनेबारे अर्को बैठकले निर्णय गर्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्