उपप्रधानमन्त्री ईश्वर पोखरेलविरुद्ध अख्तियारमा उजुरी - दर्पण संसार

उपप्रधानमन्त्री ईश्वर पोखरेलविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलविरुद्ध पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको संयोजकसमेत रहेका रक्षामन्त्री पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्यसचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र ओम्नी ग्रुपका सञ्चालकहरुविरूद्ध उजुरी दिएको जनाएका छन् ।

कोरोना उपचारका लागि चीनबाट सामान ल्याउन ओम्नी कम्पनीलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै उजुरी दिएको त्रिपाठीले बताए ।

प्रमाण मेटाउन सक्ने सम्भावना रहेकोले तत्काल हिरासतमा लिएर कारबाही अघि बढाउन उजुरीमा माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्