कोरोनाबारे गीत लिएर आए बसन्त चौधरी र राज सागर - दर्पण संसार

कोरोनाबारे गीत लिएर आए बसन्त चौधरी र राज सागर

काठमाडौं । गायक राज सागरले बिहीबार एउटा सन्देशमुलक गीतको भिडियो रिलिज गरेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाईरसको त्रासमा नेपालीहरु बिगत १० दिनदेखि लकडाउनको अवस्थामा घर भित्रै छन् ।

यस्तो अवस्थामा पनि जोखिम मोलेर गायक तथा संगीतकार राज सागरले नयाँ गीत उद्धार गरौं यो मानवताको....को भिडियो सार्वजनिक गरेका हुन् । बुधबार रेकर्ड गरिएको यो गीतको भिडियो बिहीबारमात्र तयार भएको हो । गीत यतिबेला समय सान्दर्भिक छ

यो गीतलाई कवि तथा गीतकार बसन्त चौधरीले लेखेका हुन् । गीतमा कोरोना भाईरसलाई मानवताको बिसालु बैरी र बिनासकारीको रुपमा चर्चा गरेका छन् । यस गीतमार्फत गीतकार चौधरीले अहिले दयनीय अबस्थामा रहेको मानिसको उद्धार गर्नु पर्ने बताएका छन् ।

यसबाट आफु जोगिन, अरुलाई पनि जोगाउन र सकटमा रहेकाहरुलाई उद्धार गर्न गीतबाट चौधरीले आह्वान गरेका छन् । यस्तो अबस्थामा साहस जुटाउन र हिम्मत नहार्न पनि गीतकार चौधरीको सबैलाई अनुरोध छ ।

शब्द आफैंमा राम्रो र सन्देश मुलक भएकाले अहिलेको अबस्थामा जोखिम मोलेर रेकर्ड गरी लिरिकल भिडियोको रुपमा दर्शकसामु ल्याएको गायक राजले बताए ।

भ्वाईस अफ नेपालको स्टुडियोमा दीप घतानीले रेकर्ड गरेको यो गीतमा संगीत पनि गायक राज सागरकै छ । गीत निकै कर्णप्रिय बनेको छ । गीतको संगीत संयोजना राहुल विश्वकर्माले गरेका हुन् । गीतको भिडियोलाई भि ओ एन युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

 

https://www.youtube.com/watch?v=UTd1iuFQegI&feature=share&fbclid=IwAR3s-MJfJJtHnDtxduo4-O5tPOtDhLcOr1t1UFFdZunJ2-9mikZ8fVaqg4g

प्रतिक्रिया दिनुहोस्