लकडाउनमा कांग्रेस नेता खड्काको उदारता: २० हजार किलो चामल निःशुल्क बितरण - दर्पण संसार

लकडाउनमा कांग्रेस नेता खड्काको उदारता: २० हजार किलो चामल निःशुल्क बितरण

इलाम । लकडाउनले मजदुर र बिपन्न बर्ग समस्या परेको भन्दै नेपाली कांग्रेसका युवा नेता तथा इलामका सक्रिय समाजसेवी डम्बर खड्काले इलाम बजार आसपासका क्षेत्रसहित जिल्लाका १० वटै स्थानीय तहमा काम गर्ने मजदुर र बिपन्न बर्गलाइ २० हजार किलो ग्राम चामलसहित नुन र २० हजार थान माक्स निःशुल्क बितरण गरेका छन् ।

बिश्वमा महामारीका रुपमा देखा परेको कोरोना भाईरस९कोभिड१९०को प्रकोपपछि नेपालमा लगाइएको लकडाउनका कारण्म जिल्लाका १० वटै स्थानिय तहमा काम गर्ने मजदुर र बिपन्न बर्गलाई खड्काले स्थानीय तहका जनप्रतिनिधि स्थानीय बुद्धीजिबी मार्फत बितरण गरिएको हो ।

खड्काले २० हजार किलोग्राम ९५०० मन० चामल, नुन र २० हजार थान माक्स निःशुल्क बितरण गरेका हुन् । खड्काले जिल्लाका बिपन्न परिवारमा लकडाउनका कारण समस्या भएकाले ब्यतिगत रुपमा उक्त सामग्री बितरण गरिएको बताए ।

खड्काले करिव २१ लाख बराबरको सामग्री बितरण गरिएको बताउँदै जिल्लाका बिभिन्न स्थानमा अवस्था हेरी थप सामग्री बितरण गर्ने जानकारी दिए । खड्काले लकडाउन हुनु अघी काठमाडौबाट इलाम फर्कनेहरुका लागि सवारी समेत उपलब्ध गराएका थिए ।

नेबिसंघका पूर्व केन्द्रिय उपाध्यक्ष समेत रहेका नेता खड्काले जिल्लामा अप्ठ्यारो परेका गरिव असाहयलाई सहयोग गर्दै आएका छन् । उनले बिरामी भई अस्पतालमा उपचार गराउन नपाएका देखि बिदेशमा अलपत्र परेका नेपालीलाई समेत सहयोग गर्दै आएका छन् ।

खड्काले जिल्लाका मठ मन्दिर, गुम्बा लगायतका धार्मिक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका छन् भने बिभिन्न स्थानमा सडक निर्माण लगायतका काममा समेत सहयोग गर्दै आएका छन् ।

खड्काले पछिल्लो समय सूर्योदय नगरपालिकाको पालटाँगे र छिपीटारको बिचमा ५० फुट अग्लो बुद्धको मूर्ति धातुबाट निर्माण गर्ने कार्य समेत सुरु गरेका छन् । खड्का इलाममा सन्चालित चियाबारी एफएमका अध्यक्ष तथा निर्माण ब्यवसायी हुन् ।

प्रतिक्रिया दिनुहोस्