प्रधानमन्त्रीसमक्ष एमालेको २२ बुँदे ध्यानाकर्षण पत्र - दर्पण संसार

प्रधानमन्त्रीसमक्ष एमालेको २२ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर कोरोना रोकथामका लागि ध्यानाकर्षण पत्र बुझाएको छ ।

शनिबार एमालेले आफू नेतृत्वको सरकारले कोरोना नियन्त्रणमा गरेका कामहरु स्मरण गराउँदै देउवा सरकारले गर्नुपर्ने कामबारे ध्यानाकर्षण गराएको हो ।

एमाले उपाध्यक्ष एवम संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा योगेश भट्टराई, खगराज अधिकारी, कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई, कृष्ण राई, सरिता न्यौपाने रहेको प्रतिनिधि मण्डल बालुवाटार पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्