गायक अशोकले ल्याए ‘नारायण नारायण’को भिडियो - दर्पण संसार

गायक अशोकले ल्याए ‘नारायण नारायण’को भिडियो

काठमाडौँ । गायक अशोक अर्यालको स्वर, शब्द र संगीत रहेको नयाँ लोक भजन ‘नारायण नारायण’ सार्बजनिक भएको छ । कृष्ण भान्जाको संगीत संयोजन रहेको उक्त भजनको अडियोलाई श्यामस्वेत रसाईलीले ध्वनी मिश्रण गरेका छन् ।

विगत लामो समयदेखि अमेरिकामा रहँदै आएका गायक अर्यालले गत महिना आफ्नो नेपाल भ्रमणको क्रममा उक्त लोक भजनको निर्माण गरेका हुन् ।

स्याङ्जा जिल्लाको मालुङ्गा र पाल्पा जिल्लाको हुँगीमा रहेको पबित्र तिर्थस्थल कालीगण्डकी उत्तर बाहिनी क्षेत्रमा छायांकन गरिएको उक्त लोक भजनको भिडियोको निर्देशन प्रतिमा अर्यालको रहेको छ भने छायांकन लक्की गाएज ले गरेका छन् ।

नबिन घर्ति मगरले सम्पादन गरेको उक्त भजनको भिडियोको निर्माण र बजार व्यवस्थापन सलिना म्युजिक प्रालिले गरेको छ । अत्यन्तै कर्णप्रिय लयमा रहेको यस लोक भजनले दर्शक स्रोताको मन जित्ने बिश्वास गरिएको छ ।

गायक अर्यालले आफ्नै युट्युब च्यानल ‘अशोका इन्टरटेनमेन्ट’ मार्फत् लोक भजन ‘नारायण नारायण’ सार्बजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्