‘गुण्डा नाइके’ सञ्जय लामा ‘झिंगे’को दादागिरी, आँखामा खुर्सानी छर्केर पासलालमाथि खुकुरी प्रहार - दर्पण संसार

‘गुण्डा नाइके’ सञ्जय लामा ‘झिंगे’को दादागिरी, आँखामा खुर्सानी छर्केर पासलालमाथि खुकुरी प्रहार

काठमाडौं । गत असोज ७ गते सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–३ स्थित गुम्बा गाउँमा स्थानीय पासलाल तामाङमाथि नातामा ज्वाईं पर्ने व्यक्तिले खुकुरी प्रहार गरे। खुकुरी प्रहारबाट गम्भीर घाइते पासलाल तामाङलाई हेलिकप्टरबाट उद्धार गरी उपचार गरिएको थियो।

बुधबार मात्र घटना घटाएको अभियोगमा प्रहरीले आयुष तामाङलाई काठमाडौं गोकर्णेश्वरस्थित माँकलबारी पुलबाट पक्राउ गरी सिन्धुलाल्चोक पुर्याएको छ। तामाङले आफूलाई सिन्धुपाल्चोककै गुण्डा नाइके सञ्जय लामा उर्फ ‘झिंगे’ले सुपारी दिएर खुकुरी प्रहार गर्न लगाएको स्वीकार गरे।

घटना लगतै फरार भएका आयुषले आफुलाई संजय लामा उर्फ ‘झिंगे’ले सुपारी दिएर कुटपिट गर्न लगाएको बताउदैं भने,‘आँखामा खोर्सानी छर्केर अचेत हुनेगरी कुटे।’ आयुषले घाईतेका आफन्तसँगको भिडियो कुराकानीमा घट्ना आफुले घटाएपनि त्यसको योजनाकार संजय लामा नै रहेको बताएका थिए। स्रोतका अनुसार फरार रहेका आयुषलाई संजय लामाले नै संरक्षण दिएर राखेका थिए।

काठमाडौंको बौद्ध तथा जोरपाटी क्षेत्रमा गुण्डागर्दीमा लागेका लामालाई प्रहरीले कारवाही गर्न थालेपछि उनी भूमिगत भएका थिए। त्यसपछि उनी सिन्धुपाल्चोकलाई सेल्टर बनाएर हाईड्रो तथा क्रसरमा लगानी गर्दै आएका छन् । गुण्डागर्दीबाट आर्जेको रकमलाई उनले सोही काममा प्रयोग गर्ने गरेको उनैका सहकर्मीहरुले बताउँछन्। स्थानीय क्षेत्रमा संजयले आफ्नो गण बनाएर गुण्डागर्दी थालेपछि स्थानीयले बिरोध गर्दैै आएका छन्। त्यसैको झोंकमा लामाले पासलाल माथी आक्रमण गर्न लगाएका थिए।

यसो भन्छन घाइते पासलाल
म सामान किनेर घर फर्कंदै थिएँ । अनि नातामा ज्वाँइ पर्ने व्यक्तिले भेटेर केही समय कुराकानी भयो । कुराकानीकै क्रममा मेरो आँखामा खुर्सानीको धुलो हालियो । अनि म माथि खुकुरी प्रहार भयो । केहीबेर म बेहोस थिए । बिउँझिदा काठमाडौंको अस्पतालमा रहेछु । खुकुरी प्रहारपछि हेलिकप्टर चार्टरदेखि अस्पताल खर्च समेत आफैंले बेहोर्नुपर्यो । अहिले न्यायको लागि हिडिरहेको छु । प्रमाणका लागि पक्राउ परेकोहरुको भिडियो हामीसँग सुरक्षित छ। यस बिषयमा सञ्जय लामा उर्फ झिंगेसँग बुझ्न खोज्दा फोन सम्पर्क हुन सकेन।

"

प्रतिक्रिया दिनुहोस्