गायक तथा संगीतकार पुष्प गजमेरको सम्बन्धमा आकाश र जेबिका - दर्पण संसार

गायक तथा संगीतकार पुष्प गजमेरको सम्बन्धमा आकाश र जेबिका

काठमाडौँ । गायक तथा संगीतकार पुष्प गजमेरको स्वरमा तयार भएको सम्बन्ध बोलको गीतको भिडियो सार्वजनिक भएको छ । विगत १० वर्षदेखि नेपाली संगीत र संस्कृतिको क्षेत्रमा अमेरिकामा रहेर काम गर्दै आइरहेका गायक गजमेरहिमालयन म्यूजिक एकेडेमीका सिइओ पनि हुन् ।

गायक गजमेरको रचना समेत रहेको सार्वजनिक गीतमा उमेर पुगेका परिपक्क जोडीको प्रेम, रोमान्स र विरहका गाथाहरुलाई गज्जबसँग भिडियोमा प्रस्तुत गरिएको छ ।

शान्ति गजमेरको निर्माणमा तयार भएको भिडियोमा पछिल्लो पुस्ताका चर्चित नायक आकाश श्रेष्ठ र नायिका तथा मोडल जेबिका कार्कीको अभिनय देख्न सकिन्छ ।

सुकमित विश्व्कर्माको संगीत संयोजन रहेको गीतको सहायक निर्देशन आरजु बैजुले गरेकी हुन् भने सम्पादन, कलर र ग्राफिक्स मनोज कार्कीको रहेको छ । जसको छायांकनशंकल भुजेलले गरेका हुन् भने भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन् । पछिल्लो पुस्ताका लोकप्रिय निर्देशक शिशिर खाती पछिल्लो समय फरक शैलीको भिडियो दिन मारिहर निर्देशक मानिन्छन् ।

फिल्म लभस्टेसनको घामजुन, मेरो आँगनी, फिल्म तिमीसँगको तिमीसँग बोलको गीत, चचहुई शिल्की शिल्की बाल, जवानी लगायतका गीतहरुमा नृत्य निर्देशन गरेर चर्चा कमाएका छन् । शिशिरले प्रर्दशनको क्रममा रहेको चलचित्र एका दुई वटा गीतहरुको पनि नृत्य निर्देशन गरेका छन् । भ्वाइसका बिजेता किरण गजमेरको ‘पारौँ कान्छी झ्याई झ्याई’ बोलको गीतको निर्देशन पनि गरिसकेका छन् ।

 

"

प्रतिक्रिया दिनुहोस्