राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतहरु नियुक्त - दर्पण संसार

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतहरु नियुक्त

काठमाडौं । निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ । आयोगले सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशहरुलाई निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको हो ।

जस अन्तर्गत प्रदेश नं.१ को लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेशनं. २ को लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ, गण्डकी प्रदेशको लागि कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराई, लुम्बिनी प्रदेशको लागि दाङ जिल्ला अदालत न्यायाधीश रीतेन्द्र थापा, कर्णाली प्रदेशको लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्य, सुदूरपश्चिम प्रदेशको लागि कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरु रहेका छन् ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भई नागरिकतामा उल्लेखित ठेगाना भन्दा फरक ठेगानामा मतदाता नामावली रहेका व्यक्तिहरुले नागरिकतामा उल्लेखित ठेगानामा नै मतदाता नामावली सार्ने व्यवस्था पनि मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्