काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको संघारमा युवा नेता तथा इलाम जिल्ला सभापतिका प्रत्यासी डम्बर खडकाले एमाले र माओवादी केन्द्रका दर्जनौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गराएका छन् ।
नेता थापाको पहलमा माइ नगरपालिका वडा नं ९ र १० का एमाले र माआबादी केन्द्रका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । खड्काले आफ्नो पहलमा अन्य विभिन्न पार्टीमा आस्थावान करिब ३८ सय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गराइसकेको दाबी गरेका छन् ।
नव प्रवेशीले अब देशको बिकास, प्रजातन्त्रको रक्षा र आम नागरीकको भविश्य नेपाली काँग्रेसबाट मात्र सुरक्षित तथा सुनिश्चित हुने भएकाले कांग्रेस पार्टी रोजेको प्रतिक्रिया दिए । जिल्ला सभापतिको उमेद्धवारी घोषणा गरेर कार्यकर्ता भेटघाटमा रहेका नेता खड्काले केही दिन अघि पनि माइ नगरपालिका र माइजोगमााई गाँउपालिकाको वडा नं १ र ६ मा करीब तीन कार्यकताहरु कांग्रेसमा प्रवेश गराएको जानकारी दिए ।
नेपाली काँग्रेस माइ नपा १०का सभापति टेक बहादुर आलेको सभापतित्वमा शुक्रबार सम्पन्न कार्यक्रममा क्षेत्र नं १ प्रदेश ‘ख’ का प्रदेश सभाका उमेद्धवार मन बहादुर बस्नेत, क्षेत्रीय सभापतिका प्रत्यासी पूर्व क्षेत्रीय सभापति भिष्म प्रधान महाधिवेशन प्रतिनिधीका प्रत्यासी, श्याम खडगी, कांग्रेस माइनगर सचिव दिवाकर सिंहलगायतले डम्बर समाल, शेर बहादुर कटवाल नर बहादुर कटवाल, पुष्प बाँनिया, अमृत राई लगायतका दर्जनौं नव प्रवेशीलाई खादा ओडाएर स्वागत गरेका थिए ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई २५ बर्षसम्म उक्त क्षेत्रका जनताले जिताएर पठाए पनि उनी भोट माग्न बाहेक अन्य समयमा गाउँ नआउने, विकासको आश्वाशन दिएर ढाँट्ने मात्र काम गरेको नव प्रवेशीहरुको आरोप छ । कार्यक्रममा भीष्म प्रधान, श्याम खडगी, मन बहादुर बस्नेतलगायतले आफ्नो भनाइ राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्