बामदेवको आग्रह : एमसिसी परियोजना फिर्ता लैजाउ - दर्पण संसार

बामदेवको आग्रह : एमसिसी परियोजना फिर्ता लैजाउ

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)परियोजना फिर्ता लैजान अमेरिकालाई आग्रह गरेका छन् ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गौतमले एमसिसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको उल्लेख गरे ।

‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकारले र संसद्ले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न,’ विज्ञप्तिमा लेखिएको छ, ‘यस्ता अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकार समक्ष एमसिसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’

एमसिसी सम्झौताले नेपालका छिमेकी मुलुकहरूसँग सम्बन्ध बिग्रने आशंका व्यक्त भइरहेको भन्दै उनले सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्