माधवकुमार नेपाल विरामी, अस्पताल भर्ना - दर्पण संसार

माधवकुमार नेपाल विरामी, अस्पताल भर्ना

काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपालको निजी सचिवालयले जारी गरेको विज्ञप्ति अनुसार नेपाललाई ज्वरो र खोकीको समस्याका कारण बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको सचिबालयले जनाएको छ । उनको उपचारमा शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा.सन्तकुमार दास सहितको टोली संलग्न रहेको छ । स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा उनीसँगको भेटघाट बन्द गरिएको छ ।

युवा संघका उपमहासचिव एवं प्रवक्ता सञ्जिप राईका अनुसार नेता नेपाललाई कोरोनाको जस्तै लक्षण देखिए पनि पीसीआर रिपोर्ट भने नेगेटिभ आएको थियो । बुधबार दिउँसो दिनभर नेपाल घरमै आराम गरिरहेका थिए । नेपालको स्वास्थ्यमा समस्या देखिएपछि पार्टी र गठबन्धनका काम पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायतका नेताहरुले ब्यवस्थापन गरिरहेका छन्। 

प्रतिक्रिया दिनुहोस्