कोरोना नियन्त्रणका लागि कांग्रेस नेता प्रदिप पौडेलका आठ सुझाव (पढ्नुहोस ८ बुँदा) - दर्पण संसार

कोरोना नियन्त्रणका लागि कांग्रेस नेता प्रदिप पौडेलका आठ सुझाव (पढ्नुहोस ८ बुँदा)

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदिप पौडेलले नेपालमा कोरोनाको त्रास बढेदेखि नै सरकारलाई विभिन्न सुझावहरु दिइरहेका छन् ।

उनको कोरोना नियन्त्रण र रोकथामका लागि पुनः ८ बुँदे सुझावहरु सार्वजनिक गरेका छन् ।

नेपाल सरकारले कोभिड-१९ र लकडाउनबाट उत्पन्न बिषम परिस्थितिमा संवेदनशील भई निम्न क्षेत्रहरुमा तत्काल राहत कार्यक्रम घोषणा गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ।

१, कोभिड-१९ संक्रमित पहिचान गर्न र संक्रमण भएका नागरिकको स्वास्थ्य सुरक्षामा संवदेनशीलता देखाईयोस । तत्काल परिक्षणको क्षमता बृद्धि गर्न आबश्यक ब्यबस्था गरियोस,सातै प्रदेशमा परिक्षणको व्यवस्था तत्काल गरियोस, स्वास्थ्यकर्मिलाई आबश्यक सुरक्षा उपकरण ,परिक्षण उपकरण,स्वास्थ विमा उपलब्ध गराइयोस ।

२, न्यून आय भएका गरिव, दैनिक ज्यालादारी गर्ने मजदुर, विद्यार्थी र साना तथा सामान्य व्यवसायीका लागि खाद्य सुरक्षा प्रदान गर्न प्रत्यक्ष नगद वा आवश्यक खाद्य सामग्री वितरण गर्ने व्यवस्था तत्काल गरि कार्यान्वयनमा ल्याईयोस ।

३,व्यवसायीहरू मार्फत नै दैनिक उपभोग्य बस्तुको सहज र सुपथ मुल्यमा उपलब्ध गराउने सुनिश्चितता गरी नियमित अनुगमनको समेत ब्यबस्था गरियोस र भ्रष्टाचार, कालोबजारी साथै कृतिम अभाव सृजना गर्नेलाई कानूनी दायरामा ल्याईयोस ।

४,स्वास्थ्य उपकरणहरु खरिद गर्दा पारदर्शिता कायम गरियोस ।

५,यस समयमा खटिने अत्याबस्यक सेवाका कर्मचारी,सुरक्षा निकाय लगायतका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ विमा गरि काम गर्न अझ प्रोत्साहन गरियोस ।

६,नेपाल राष्ट्र बैंकले व्याज दर कटौती गर्दै ऋणको सावाँ तथा व्याज भुक्तानी गर्ने समय तीन महिना थप गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिईयोस ।

७,नागरिकलाई बैंकिङ्ग, वीमा लगायत पूँजी बजारमा अनलाइन कारोबार तथा भुक्तानी प्रणालीको विकास गरी त्यस्तो कारोबार निशुल्क हुने व्यवस्था तत्काल मिलाईयोस ।

८,व्यवसायिले चैत मसान्तसम्म बुझाउनु पर्ने अनुमानित आयको ७० प्रतिशत कर तथा सोको विवरण बुझाउने समय २०७७ असार मसान्तसम्म कायम गरीयोस।

स्मरण रहोस छिमेकीभारतले लकडाउनबाट प्रभावित नागरिक र व्यवसायलाई मद्दत गर्न नेरू २७०० अर्बको राहत प्याकेज घोषणा गरी न्यून आय भएका गरिव, दैनिक ज्यालादारी गर्ने मजदुर र साना व्यवसायीका लागि खाद्य सुरक्षा प्रदान गर्न प्रत्यक्ष नगदै वितरण गर्ने घोषणा गरी कार्यान्वयन गरीरहेको छ ।

"

"

प्रतिक्रिया दिनुहोस्