इलाम सूर्योदय नगरपालिका कांग्रेस सभापतिमा मणि गुरुङको पल्लाभारी हुने संकेत, जुट्दै समर्थन - दर्पण संसार

इलाम सूर्योदय नगरपालिका कांग्रेस सभापतिमा मणि गुरुङको पल्लाभारी हुने संकेत, जुट्दै समर्थन

इलाम । नेपाली कांग्रेसको १४औं महाधिवेशनको महासंग्राम देशभर तातेको छ । जिल्लाका तल्लो तहसम्म अधिवेशनको रौनक बढेको छ । करिब चार लाख क्रियाशील सदस्य संख्या बढेर यसबर्ष आठ लाख नाघेसँगै कांग्रेसमा युवा पुस्ताको आकर्षण देखिएको छ । अधिकांश तहहरुमा युवाहरुले नेतृत्व लिने इच्छा देखाएका छन् । वडादेखि जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म नयाँ अनुहारहरुको वाहुल्यता बढ्दो छ । वडा तहको अधिवेशन सकिन लाग्दा पालिकास्तरमा अधिवेशनको रौनक छाएको छ ।

इलामको सूर्योदय नगरपालिकामा पनि सभापतिका आकांक्षीहरुले आफ्नो दौडधुपलाई तीब्र बनाएका छन् । प्रजातन्त्र प्राप्तीका हरेक आन्दोलनमा शसक्त भूमिका निर्वाह गरेको पारिवारिक पृष्ठभूमीमा हुर्किएका मणि गुरुङले सूर्योदय नगरपालिकाको सभापतिमा आफूलाई शसक्त रुपमा प्रश्तुत गरेका छन् । जिल्ला फुटबल संघका उपाध्यक्ष समेत रहेका गुरुङ नेपाली काँग्रेस सूर्योदयका नगरका हालका सभापति हुन् । नगरस्तरमा कांग्रेस सुदृढीकरण र संगठन विस्तारका लागि काम गर्ने इच्छा पूरा भइनसकेकाले पुनः सभापतिमा उम्मेदवारी दिने उनले बताए ।

उनी भन्छन्,‘संगठनलाई सुदृढ गर्नलाई मैले जे काम अधुरो छाडेको छु सांगठनिक रुपमा मलाई जे जस्तो सहयोग/असहयोग भएको कुरा छ त्यसलाई निरन्तरता दिँदै आगामी दिनमा सूर्योदयको कांग्रेस संगठनलाई बलियो रुपमा अघि बढाउनलाई नै मेरो उम्मेद्वारी हो’ उनले भने,‘अग्रजहरुको आर्शिवाद र युवाहरुको माया पाएर अघि बढेको छु । अवश्व विजयी हुनेछु ।’

कांग्रेस इलाम जिल्ला सभापतिका बलिया आकांक्षी भेषराज आचार्यको टीमबाट उम्मेदवारी दिने तयारी गरेका गुरुङलाई बुधबार मात्र सूर्योदय नगर सभापतिका अर्का प्रत्यासी सुरेन पौडेलले पनि समर्थन दिने घोषणा गर्दै सभापतिको रेसबाट बाहिरिएपछि गुरुङ थप बलियो भएको बताउँछन् । अब उनीसँग प्रतिस्पर्धा गर्न जीवन नेपाल र सोनाम छिरिङ काजी मात्र मैदानमा छन् । दुवै दाबेदारलाई सहमतिमा ल्याएर आफू नगर सभापतिका रुपमा काम गर्ने आफ्नो इच्छा रहेको उनले बताए ।

संगठनमा बसेर आम नगरबासी र कार्यकर्ताहरुसँग प्रत्यक्ष जोडिएर प्रशस्त काम गर्ने अवसर मिलेकाले प्रतिनिधिहरुले माया गर्नेमा उनी विश्वस्त छन् । सभापतिमा दाबी गर्दै आएका सुरेन पौड्यालले इलाम क्षेत्र न १ ख को उपसभापति पदमा उम्मेदवारी दिने घोषणाा गर्दै मणि गुरुङको समूहलाई साथ दिने सार्वजनिक प्रतिबद्धता जनाएकाले गुरुङलाई थप उत्साह मिलेको बताउँछन् । हाल मैदानमा रहेका दुई उम्मेदवार मध्ये आफू कुनै पेशा व्यवसायमा नलागी नितान्त संगठनकै काममा खटिएकाले आफ्नो संगठनप्रतिको योगदानलाई कार्यकर्ताले विवेकसम्मत रुपमा मूल्याकंन गर्नेमा गुरुङ ढुक्क छन् ।

प्रतिक्रिया दिनुहोस्