संविधान दिवसमा ५३४ बन्दीको कैद मिनाहा, सात जनालाई आममाफी - दर्पण संसार

संविधान दिवसमा ५३४ बन्दीको कैद मिनाहा, सात जनालाई आममाफी

काठमाडौं । संविधान दिवसका अवरमा कैद जीवन भुक्तान गरिरहेका ५३४ कैदी बन्दीको बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ । गृह उच्च स्रोतका अनुसार मन्त्रालयले ५३४ जना कैदी बन्दीको कैद मिनाहा लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।

यस्तै ७ जना कैदी बन्दीलाई भने आममाफी दिन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरिएको छ । उनीहरू विभिन्न राजनीतिक मुद्दामा कैद भुक्तान गरिरहेका व्यक्ति हुन् ।

गृह मन्त्रालयले ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा रहँदा गलत क्रियाकलापमा संलग्न नभएका र असल चालचलन भएका ५३४ कैदी बन्दीलाई कैद माफी गर्न सिफारिस गरिएको जनाएको छ ।

 

"

प्रतिक्रिया दिनुहोस्