मानवीय सेवामा जुटे अष्ट्रेलियन नेपाली ब्यापारी - दर्पण संसार

मानवीय सेवामा जुटे अष्ट्रेलियन नेपाली ब्यापारी

 

- सत्यप्रकाश कंडेल

सिड्नी I कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त भईरहदा अस्ट्रेलिया निवासी शिव न्यौपानेले अन्तर्राष्ट्रिय विद्यार्थी र स्थानिय पर्यटकलाई निशुल्क खाना खुवाउन थालेका छ्न ।

चारैतिर खाद्यान्नको अभाव खड्किएको विषम परिस्थितिमा हङ्गर हन्ट पिज्जा बार एण्ड रेष्टुरेण्टको यस मानविय सेवाले क्वीनस्ल्याण्ड लगायत अष्टेलियाका अन्य शहर र समुदायमा  सकरात्मक प्रभाव परेको छ । " हामी अचम्मित छौ, यस्तो संकटको घडिमा पनि रेष्टुरेण्टले देखाएको सदभावले नतमस्तक भइयो ।" सहभागी मध्य एकले खुशी हुदै भने ।

महामारी वा संकटका बेलामा सबै नेपालीहरु एक जुट भएर आफ्नो सिप र क्षमताले भ्यायसम्म समुदाय हितका लागि लागिपर्ने हो भने जस्तोसुकै प्रकोपलाई व्यवस्थित गर्न सकिने भन्दै विशेषत नेपाली समुदायका निमित्त एकजुट हुन व्यवसाय संचालक शिव न्यौपानेले विनम्र अनुरोध गरेका थिए ।

"

"

प्रतिक्रिया दिनुहोस्