मानव ज्योति समाजद्वारा सुष्मालाई उपचारका लागि सहयोग - दर्पण संसार

मानव ज्योति समाजद्वारा सुष्मालाई उपचारका लागि सहयोग

 

 

चितवनको राप्ति नगर पालिका वडा नं ८ मा बसोवास गर्दै आईरहेका राम विश्वकर्मा तथा सिता विश्वकर्मा कि छोरी सुष्मा विश्वकर्माको मृगला प्रत्यारोपण गर्नु पर्ने भएको छ । 

 

निम्न आर्थिक अवस्थाका विश्वकर्मा दम्पति छोरी सुष्माको उपचारलाई लिएर चिन्तित भएका हुन ।

 

सुष्मा विश्वकर्माकी दुवै मृगौलाले काम नगर्ने भएपछि अस्पताल प्रशासनले मृगौला फेर्नु पर्ने भनेको छ तर परिवारको आथिका अवस्थाका कारण  तिस लाख बराबरको आर्थिक व्यवस्थापन जुटाउँन नसक्ने भएपछि उनको उपचारमा समस्या आएको हो ।

 

यसै विच राप्ति नगरपालिकामा नै रहेको मानव ज्योति समाजले विश्वकर्मा परिवारलाई सुष्माको उपचारार्थ अठासी हजार चारसय सहयोग गर्दै सम्बधित सरोकारवाला , देश विदेशमा रहेका दाता तथा सम्पूणलाई सहयोगका लागि अपिल गरेको छ । 

 

रकम मानव ज्योति समाजले विभिन्न व्यक्तिहरु र चन्दादाताहरु बाट संकलन गरेको थियो ।

 

सिता विश्वकर्माले आफ्नो छोरीको उपचारका लागि लाग्ने अपुग रकमको अपेक्षा गर्दै सबै संग सहयोग मागेकी छिन ।

प्रतिक्रिया दिनुहोस्